दफा १६
ट्रेडमार्कमा हक प्राप्त गर्ने
: (१) कसैले आफ्नो बन्द व्यापार वा कारोबारको ट्रेडमार्क दफा १८ बमोजिम विभागमा दर्ता गराई सो टे्डमार्क उपर यस ऐनबमोजिमको हक प्राप्त गर्न सक्नेछ ।
(२) यस ऐन बमोजिम कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कल गर्न वा दफा २१घ. बमोजिम आफ्नो नाममा नामसारी नगराई वा प्रयोगको निमित्त लिखित रुपमा  अनुमति नलिई आफ्नो वा अरुको नामबाट प्रयोग गर्न गराउन हुँदैन ।